‘रेडियो सरगम’ एफएमको उद्घाटन

Posted on: 27 Sep, 2016

असोज ११, लाहान । सिराहाको लहानबाट आजदेखि ‘रेडियो सरगम’ एफएम ९३ मेगाहर्जको नियमित प्रसारण सुरु भएको छ । 

शेख मिडिया हाउसद्वारा लहान नगरपालिका–८ मा सञ्चालित एफएमको नियमित प्रसारणको एक कार्यक्रमका बीच प्रेस चौतारी नेपालका महासचिव राजेश राईले उद्घाटन गर्नुभयो । यससँगै लहानमा एफएम रेडियोको सङ्ख्या पाँच तथा सिरहा जिल्लामा आठ पुगेको छ । यसअघि लहानबाट ‘रेडियो सौगात’, ‘रेडियो समग्र’, ‘रेडियो समाद’ र ‘रेडियो फूलबारी’ प्रसारण हुँदै आएको छ । 

सो अवसरमा महासचिव राईले रेडियो एफएमको विकाससँगै मुलुकमा पछाडि परेका समुदायका आवाज राज्यसम्म पुग्न लागेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

शेख मिडिया हाउसका अध्यक्ष फिरोज शेखको अध्यक्षतामा आयोजित एफएम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वसभापति तथा ‘रेडियो सौगात’का सञ्चालक दिनेश्वर गुप्ता, पत्रकार सुरेन्द्रप्रसाद गुप्ता र ‘रेडियो समग्र’ एफएमका अनुज राउतलाई सम्मान गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!