एनसेलले ल्यायो 'दोब्बर पैसा ब्याक' अफर

Posted on: 29 Sep, 2016

असोज १३, काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनि एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । 

 यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् । यो योजना आजबाट लागु भएको एनसेलले जनाएको छ ।

यो योजनामा सहभागी हुनका लागि  एनसेलका प्रिपेड ग्राहकले १७१२४ मा डायल गर्नुपर्ने एनसेलले जानकारी दिएको छ । यसरी सेवा सुचारु गरेसँगै ग्राहकले मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन्।

प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्। बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुने एनसेलले जनाएको छ । यो योजना ९० दिनको लागी मान्य हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!