दुघटनामा परि एक महिलाको मृत्यु

Posted on: 30 Sep, 2016

 रोशन पोखरेल, असोज १४, विराटनगर । कोसी लोकमार्ग अन्तरगत विराटनगरको मुनापथको व्यास्त सडकमा आज मध्यन्न भएको दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । मोटरसाईकलमा सवार कोसीहरैचा नगरपालिका –३ बस्ने शुक्र बस्नेत र उहाँकी श्रीमति ३५ बर्षिय मनिषा बस्नेतलाई ट्रक(लहरी) ले ठक्कर दिंदा मनिषाको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले वताउनुभयो  ।

दुर्घटनामा परि शुक्र बस्नेत गम्भीर घाइते भएका छन । उहाँको विराट नसिंङ्ग होमा उपचार भईरहेको छ । मोटरसाईकल र ठक्कर दिने ट्रक(लहरी)को नम्वर खुलेको छैन । चालक र ट्रक(लहरी)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!