फेसबुक र ट्वीटरमा लेखिएका स्टाटसको पनि बिमा हुने

Posted on: 26 Oct, 2016

कात्तिक १०, काठमाडौँ | भारतको एउटा इन्स्योरेन्स कम्पनीले यसैलाई मध्यनजर गरेर फेसबुक वा ट्वीटरमा गरिएको पोस्टलाई बीमा गर्ने अवधारणा अघि सारेको छ ।

बजाज आलियान्ज जनरल इन्स्योरेन्सले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई राहत पुग्ने गरी नयाँ इन्स्योरेन्स पोलिसी तयार गरेको हो । अन्तिम रुप दिने क्रममा रहेको उक्त पोलिसीले सामाजिक सञ्जालमा गरिएको कुनै पनि क्रियाकलापबाट उठ्ने तेस्रो पक्ष दायित्व वहन गर्नेछ ।

बजाज आलियान्जका प्रवन्ध निर्देशक तपन सिंघलका अनुसार सोसल मिडियामा गरेको कुनै पोस्ट वा संवादका आधारमा कसैले पोष्ट गर्ने माथि मुद्दा वा मानहानी दावी गरेको खण्डमा त्यस्तो परिस्थितिमा साइबर इन्स्योरेन्स पोलिसी प्रडक्टले सम्पुर्ण क्षतिपुर्ति दिनेछ । त्यति मात्र नभएर डाटा चोरी भएको अवस्थामा पनि कम्पनीले कभर गर्नेछ । कम्पनीले व्यक्तिगत साइबर कभरको खाका बनाइरहेको छ जुन हाल विद्यमान रहेको कर्पोरेट साइबर इन्स्योरेन्स कभरसँग मिल्दोजुल्दो हुनेछ ।

कम्पनीले इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको र अनलाइन खरिद वा कारोवार भइरहेको अवस्थामा सोसल मिडिया र इकमर्स साइटहरुमा निजी जानकारी सजिलै उपलब्ध हुने भन्दै यस्तो स्थितिमा व्यक्तिगत साइबर इन्स्योरेन्स फिसिङ, साइबर स्टकिङ, उत्पीडन र बैक अकाउन्ट ह्याकिङ जस्ता जोखिमहरुलाई कम्पनीले कभर गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!