प्रभावकारी बन्दै इ–सेवा, तेह्रथुममा मासिक ३० लाखको कारोबार

Posted on: 18 Nov, 2016

प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने इ–सेवाको अहिले ग्राहक बढेका छन् । 

अत्यन्तै सरल र सुर्लभ ढंगले प्रयोग गर्न सकिने तथा छरितो सेवा उपलब्ध हुनाले इ–सेवामा ग्राहकको आकर्षण भएको हो । तेह्रथुमका सदरमुकाम म्याङलुङ्ग, जिरिखिम्ती, बसन्तपुर, लसुने लगायत बजारहरुमा इ–सेवा अनलाइन पेमेन्टको सेवा सर्वत्र छ । तेह्रथुममा इ–सेवाबाट प्रति महिना कम्तिमा ३० लाख रुपैयाँको कारोबार हुने गरेको इ–सेवा जोन रोशन मोवाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताए ।

‘जिल्लामा इ–सेवाप्रतिको आकर्षण ह्वात्तै बढेको छ, श्रेष्ठले भने, ‘बजारदेखि गाउँ–गाउँसम्म इ–सेवाका ग्राहक छन् । उनीहरुले मासिक न्युनतम ४ सयदेखि अढाई लाख सम्म कारोबार गरिरहेका छन् । इ–सेवा जोन चलाएका श्रेष्ठ एक्लैले अहिले मासिक सरदर ४ लाख रुपैयाँको कारोबार गर्छन् भने उनी मातहत ५० बढी इ–सेवा प्वाइन्ट रहेका छन् । 

जिल्लामा इ–सेवा मार्फत विशेषगरि मोवाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिमटिभी रिचार्ज र हवाई जहाज टिकट हुने गरेको छ । त्यस मध्येपनि सबैभन्दा बढीले मोवाइल रिचार्ज गर्ने गरेको जिरीखिम्तीका इ–सेवा प्वाइन्ट प्रकाश राईले बताए । राईले पनि मासिक अढाई लाखसम्म इ–सेवामार्फत कारोबार गर्ने गरेका छन् । 

इ–सेवामार्फत मोवाइल रिचार्ज, पोष्टपेड बिलिङ, इन्टरनेट बिलिङ, हिडहोम रिचार्ज, हवाईजहाज टिकट, बस टिकट गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ्ग गर्न सकिन्छ । इ–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ । 

शहरी क्षेत्रमा ई–सेवाको प्रयोगपछि विद्युत, टेलिफोन र खानेपानीको विल भुक्तानी गर्दा लामो लाइन झेल्नुपर्दैन् । गाउँमा पनि इ–सेवा मार्फत मोवाइल रिचार्ज मात्रै गर्दापनि रिचार्ज स्क्रयाच गरेर पिन नं. लगाउने झन्झट नहुने गरेको सेवाग्राही बताउँछन् । 

इ–सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरि २१२१ मा एसएमएस गर्न सकिन्छ । साथै इ–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिने रोशन मोवाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर श्रेष्ठले बताए । इन्टरनेट चलाउने सर्वसाधारले भने डब्लुडब्लुडब्लु डट इसेवा डट कम डट एनपीमा गएर पनि एकाउन्ट लग अन गर्न सक्नेछन् ।

 इसेवाको एन्ड्रोइड, आईओएस एप्स समेत उपलब्ध छ, यी एप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउन सक्ने सुविधा उपलब्ध छ, इसेवा उपयोग गरेर सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन । उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन । इसेवाका सम्पूर्ण सुविधा निशुल्क छन् । बरु इसेवाको प्रयोगबाट उपभोक्ताले भने समय र पैसाको भने बचत गर्न सक्छन्, इ–सेवा एजेन्ट श्रेष्ठले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!