विज्ञान प्रर्दाशनी प्रतियोगीतामा अरूणदोय प्रथम

Posted on: 05 Dec, 2016


भीम लामा/मंसिर २०, काठमाडौं । सहयोगी मा.वि. स्रोतकेन्द्र गोकर्ण अन्र्तगत बृहत विज्ञान प्रर्दशनी प्रतियोतामा उत्कृष्ठ अरूणदोय मा.वि.आरूबारी प्रथम भएको छ । 

त्यस्तै टाईमलाईन मा.वि दितृय भएको छ भने भेनस पब्लिक स्कूल तेस्रो स्थान हासिल गरेको छ । 

सनत्वानामा इष्ट पोल उच्च मा.वि.ले  लिएको छ । सबै उत्कृष्ठ प्रतियोगीहरुलाई शिक्षा मन्त्रालयका सह सचिव डा. तुल्सी प्रसाद थपालियले शिल्ड तथा प्रमाण पत्र प्रदान गरेको थियो भने प्रथम भएकालाई माइक्रोस्कोप र दितृयलाई एनाट्रोमी समेत वितरण गरेको थियो । 


आईताबार ईष्ट पोल उच्च मा.वि जोरपाटीमा सम्पन्न भएको प्रर्दशनी प्रतियोगितामा जिल्ला शिक्षा कार्यालय काठमाडौं अन्र्तगत सहयोगी मा.वि. स्रोत केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन इष्ट पोल उच्च मा.वि.ले गरेका थिए ।

कार्यक्रमको उद्घाटन भने काठमाडौं जिल्ला शिक्षा अधिकारी प्राध्यपक जय प्रसाद आर्चयले गरेको थियो । प्रर्दशनी मेलामा स्रोत केन्द्रअन्र्तगतका ४३ विद्यालय सहभागी र १० हजारभन्दा बढि विद्यार्थी र शिक्षकको जमतले अवलोकन गरेको ईष्टपोल प्रधानाध्यपक राजेश राईले जानकारी दिए । 

उक्त विज्ञान प्रर्दशनीले विद्यार्थीहरुलाई थप विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने र व्यवहारमा ल्याउने उद्देश्यले प्रतियोगीता गरेको इष्टपोल सहप्रधानाध्यपक प्रकाश अधिकारी बताए । विद्यार्थीको क्षमताको वृद्धिविकास र अध्ययनप्रति रूचि बढाउन उनिहरुलाई प्रयोगात्मक विधिमार्फत अध्यपन हुनु पर्ने बताए । प्राविधिक सहयोग भने विज्ञान शिक्षक समाजले गरेका थिए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!