स्काइपले ल्यायो नयाँ फिचर, अब यसरी चलाउनुस नयाँ फिचर

Posted on: 18 Dec, 2016

पुस २, काठमाडौं । स्काईपले नयाँ फिचर थप्दै आफुलाई नयाँ उचाईमा पुर्‍याएको छ । डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ ।

स्काइपले करिव २ वर्षदेखि यो प्रयास थालेको थियो, जुन अहिले आएर सफल भएको छ । नयाँ फिचरको मद्दतले अब स्काइप ट्रान्सलेटरले तपाईको हरेक कुरालाई रेकर्ड गर्छ र फेरि तपाईले रोजेको भाषामा अनुवाद गरेर भन्छ । यद्यपि यो प्रक्रियाका लागि केही समय लाग्छ । तर, पनि राम्रो कुराकानी सम्भव छ । अहिले सुरुमा यो सुविधा ९ भाषामा उपलब्ध छ ।

जसमा अग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चाइनिज, इटालियन, पोर्चुगाली, अरबी र रसियन छन् । 

अब यसरी चलाउनुस नयाँ फिचर  

नयाँ फिचर अनुसार तपाईलाई स्काइप अनुवादको सुविधा चाहिएमा सबैभन्दा पहिले विन्डोज इन्साइडर प्रोग्राममा गएर रजिस्टर गर्नुस । यसका लागि स्काइपको नयाँ भर्सन अपडेट गर्नुपर्छ । नयाँ स्काइप एपमा ट्रान्सलेटको विकल्प डाइल प्याडमा नै हुनेछ । यसमा क्लिक गरेपछि भाषा छनौट गर्न सकिन्छ ।

त्यसपछि कल गर्नुस् । स्काइपले भनेको छ कि यसको जति धेरै प्रयोग हुन्छ, सुधारका लागि त्यति नै बढी मौका मिल्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!