ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट फिचर

Posted on: 20 Dec, 2016

पुस ५, काठमाडौँ | सामाजिक संजाल ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । प्रयोगकर्ताले उक्त फिचर आफ्नो एप्पल तथा एन्ड्रोइड फोनमा उपलब्ध गराएको छ ।

फेसबुकले केहि समय अघि यस्तो फिचर दिईसकेको अवस्थामा ट्वीटरमा पनि यस्तै अपेक्षा गरिएको थियो । ट्विटरले लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएपछी यो फिचर निकै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । ट्वीटरका दर्शकहरुले लाइभ भिडियोमा रहेको व्यक्तिसँग लाइक कमेन्ट, शेयर तथा रिटि्वट गरेर प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्न सक्दछन् ।

लाइभ ब्रोडकास्ट गर्नका लागि ट्वीट कम्पोज गरी लाइभ अप्सनमा ट्याप गर्नुपर्छ । त्यसले तपाइँलाई प्रि-ब्रोडकास्ट देखाउँछ जहाँ तपाइँले आफूलाई चाहिने कन्फिग्रेसन मिलाउन सक्नुहुन्छ ।

जब तपाइँले सबै मिलाउनुहुन्छ तब लाइभ सुरु गर्नका लागि गो लाइभ बटनमा ट्याप गर्नुहोस् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!