एडीएसएल इन्टरनेटका सेवाग्राही बढ्दै, गुणस्तर खस्किंदै

Posted on: 18 Feb, 2017


दिनेश ठकुल्ला/फागुन ७, धनगढी । कैलालीमा नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवाको गुणस्तर खस्केको छ । टेलिकमले आफ्नो सेवा सस्तो र सर्वसुलभ रहेको दावी गर्दै आए पनि एडीएसएल इन्टरनेट सेवामा सुधार हुन सकेको छैन । 

यहाँका एडीएसएल इन्टरनेट सेवाग्राहीले टेलिकमले गुणस्तर सुधार्न नसकेर उपभोक्ता ठग्ने काम गरिरहेको आरोप लगाएका छन् । उनीहरुका अनुसार एडीएसएल इन्टरनेट सेवा साह्रै सुस्त भएको तथा अधिकांश समय इन्टरनेट नै नचल्ने समस्याले विभिन्न काममा बाधा पुगेको पुगेको छ । 

टेलिकमले प्रचार गरे अनुसार इन्टरनेट सेवा भरपर्दो बन्न नसकेको धनगढी स्थित तारानगरका व्यवसायी कमल बमले बताउनुभयो । इन्टरनेट सुस्त चल्ने तथा अधिकांश समय नेटवर्क गइरहने समस्याले काम गर्न अप्ठ्यारो भएको उल्लेख गर्दै उहाँले थपे–‘टेलिकमको फाराममा उल्लेख भए अनुसारको इन्टरनेट जडान गरेर चलाउँदा उल्लेखित क्षमतानुसार सेवा लिन सकिदैन । कम कीबीपीएस क्षमता दिन्छ ।’

महसुल ठूलो क्षमताको लिने तर सेवा कम दिएर टेलिकमले ग्राहक ठग्ने काम गरिरहेको कतिपयको आरोप छ । सेवाग्राही सङ्ख्या बढे अनुसार टेलिकमले इन्टरनेट सेवामा सुधार ल्याउहाँ नसकेको उहाँीहरु बताउछन । 

नेपाल टेलिकमले प्याकेज अन्तर्गत १९२, ३८४ र ५१२ केबीपीएस क्षमताको इन्टरनेट सेवा कैलालीमा प्रदान गरिरहेको छ । १९२ र ३८४ केबीपीएस क्षमताको इन्टरनेट सेवा कामै नलाग्ने भइसकेको सेवाग्राहीहरु बताउछन । उनीहरुका अनुसार यो क्षमताले इन्टरनेट पेज समेत खुल्न धौ–धौ हुने गरेको छ । यतिकै क्षमताका निजी सेवा प्रदायकहरुको इन्टरनेट मज्जाले चल्ने गरेको प्रकृति जोशीले बताइन् । उहाँले भनिन्–‘टेलिकमको एडीएसएल इन्टरनेटले साह्रै दुःख दिएको छ । दिनदिनै नेटवर्क जाने र नेटवर्क आए पनि साह्रै सुस्त सेवा रहने समस्याले अफिसको काम गर्न समस्या भएको छ ।’

कैलालीमा एडीएसएल इन्टरनेट सेवा सुरु भएको ६÷७ वर्ष भएको छ । हालसम्म यो जिल्लामा पाँच हजार १३६ जना एडीएसएल सेवाग्राही पुगेका छन् । सुरुमा सेवाग्राही कम तथा उपकरणहरु नयाँ हुँदा इन्टरनेट राम्रै चलेको बताइन्छ । तर, अहिले गुणस्तर खस्केको सेवाग्राहीले जनाएका छन् । उनीहरुले उत्पन्न समस्या सुधारमा टेलिकमले चासो नदिएमा निजी इन्टरनेटतर्फ सेवाग्राहीको आकर्षण बढ्न सक्ने बताएका छन । 

नेपाल टेलिकमले पनि सेवाग्राही थपिदैं गएपछि इन्टरनेट सुस्त भएको हुन सक्ने स्वीकार गरेको छ । टेलिकम धनगढी शाखाका निमित्त कार्यालय प्रमुख एवम् प्रमुख लेखा अधिकृत गजेन्द्र प्रसाद ओझाले केहि समस्या भए सुधार गर्नतर्फ अग्रसर हुने उल्लेख गर्नुभयो । 

एडीएसएल शाखाका सिनियर टेक्निसियन दिपक शुक्लाले ग्राहक सङ्ख्या बढेसंगै ‘ब्याङ्कविथ’ तथा कार्ड थप्न नसक्दा इन्टरनेटमा यस्तो समस्या आउने गरेको बताउनुभयो  । पहिलेको तुलनामा कैलालीमा इन्टरनेट सेवा सुस्त हुनुका कारणमध्ये एक ‘कोप्पर नेटवर्क’ पुरानो हुनु पनि रहेको उहाँले बताउनुभयो ।

‘यहाँको कोप्पर नेटवर्क पुरानो हुँदै गएको छ । यसले पनि इन्टरनेट सुस्त हुन सक्छ’, शुक्लाले अगाडि थपे–‘यसका अतिरिक्त सेवाग्राही सङ्ख्या बढे अनुसार हामीले समयमै ब्याङकविथ तथा कार्ड थप्न नसक्दा पनि सेवा सुस्त हुन्छ ।’

टेलिकमले पाँच सय ग्राहक पुगेको आधारमा इन्टरनेट उपकरण थप्ने गरेको छ । तर, कहिलेकाँही एक हजार पाँच सय ग्राहक पुगिसक्दा पनि समयमा उपकरण थपिदैन । एक जना ग्राहक हुँदा त्यही उपकरण रहने र डेढ हजार पुग्दा पनि सोही उपकरणका आधारमा सेवा प्रवाह गर्दा गुणस्तर कम हुने गरेको जनाइएको छ । 

समयमा उपकरण नपुग्ने वा विविध कारणले आवश्यकता अनुरुप ‘अपग्रेड’ हुन नसक्दा इन्टरनेट सेवा सुस्त हुने गरेको टेलिकम धनगढीले जानकारी दिएको छ । त्यस्तै, सेवाग्राहीले उपकरण जडान गर्न नजान्दा वा सेवाग्राहीको कम्प्युटर ‘डिभाइस’ पुरानो हुँदा इन्टरनेट सेवा प्रभावकारी नहुने गरेको सिनियर टेक्निसियन शुक्लाले बताउनुभयो । 

‘इन्टरनेट सेवा प्रभावकारी हुन नसक्नुमा टेलिकमको मात्रै दोष हुँदैन’, उहाँले भने–‘हामीले सेवा राम्रो उपलब्ध गराउहाँे तर, सेवाग्राहीको कम्प्युटर डिभाइस राम्रो भएहाँ भने पनि इन्टरनेट सुस्त हुन्छ ।’

शुक्लाले नेपाल टेलिकमको इन्टरनेट सेवा अरुको भन्दा राम्रो, सस्तो रहेको दावी गर्नुभयो । उहाँले उत्पन्न समस्यालाई निकट भविष्यमै सुधार गरिने भन्दै सेवाग्राहीलाई पनि नयाँ पछिल्ला सयम आएका उपकरण प्रयोग गर्न आग्रह गर्नुभयो । 

विज्ञान प्रविधिको विकाससंगै घरघरमा इन्टरनेटको प्रयोग बढेको छ । अहिले प्रायः सबै सरकारी कार्यालयको काम पनि इन्टरनेटमा आधारित भएर हुन थालेका छन् । इन्टरनेटको लोकप्रियता बढ्दै गएकाले नेपाल टेलिकमले आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउहाँु पर्नेमा यहाँका सेवाग्राहीरुले जोड दिएका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!