श्रीमती हत्यारा डिल्ली र श्रीमान हत्यारा मिम्कोसाले जेलभित्रै अर्को विवाह गरे

Posted on: 24 Feb, 2017

फागुन १३, कालीकोट | जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।  कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो। कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए।

बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ। सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन्।जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ। मैले श्रीमान हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे। त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो।’

डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ। दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ।’ उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए। -  नागरिक दैनिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!