एनसेलले फ्रि ट्वीटर र विकिपिडिया सेवा बन्द गर्दै

Posted on: 20 Mar, 2017


चैत ७, काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको निःशुल्क टि्वटर सेवा बन्द गर्ने भएको छ । 

ट्वीटरसँगको सम्झौता चैत १२ गतेदेखि सकिने भएकाले एनसेलले यो सेवालाई बन्द गर्न लागेको हो । टि्वटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिने एनसेलका कर्पोरट सम्बादाता मिलनमणि शर्माले जानकारी दिए । यस्तै अब एनसेललले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने भएको छ । शर्माका अनुसार ग्राहकमा कुनै पनि नकारात्मक असर नपरोस भनेर कम्पनीले ६ दिनअघि नै यसबारे सार्वजनिक सूचना प्रकाशित गरिएको हो ।

एनसेलले २०१४ देखि नै फ्री टि्वटर सेवा दिँदै आएको थियो । अहिले एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्री फेसबुकको सुविधा दिँदै आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!