बंगालदेशले दैनिक ६ घण्टा फेसबुक बन्द गर्ने

Posted on: 05 Apr, 2017

एजेन्सी | (बंगलादेश) |  बंगलादेशले दैनिक ६ घन्टा फेसबुक बन्द गर्ने भएको छ । युवा तथा विद्यार्थीहरूको हितको लागि भन्दै बंगलादेशले यस्तो नियम ल्याएको हो। 

बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार अत्याधिक मात्रामा फेसबुकको प्रयोगले विद्यार्थी तथा युवाहरूको कार्य क्षमतामा ह्रास आएकाले यस्तो नियम ल्याउन लागेको हो । 

सरकारको यस्तो नियमले व्यावसायिक क्षेत्रमा असर पार्ने टेलिकमका सचिव श्याम सुन्दर सिग्दरको तर्क छ भने सोसल मिडियाको क्षेत्रमा प्रतिबन्ध लगाउन नहुने धारणा कतिपयको रहेको छ । भाइबर, ह्वाटस्याप जस्ता अन्य सामाजिक सञ्जालहरू पनि अस्तित्वमा रहेको कारणले फेसबुक मात्र बन्द गर्दा फेसबुकको भार अन्य सामाजिक सञ्जालहरूमा पर्न सक्ने कतिपयको तर्क रहेको छ । 

फेसबुक बन्द गर्नु भन्दा विद्यार्थीहरुलाई लामो समयसम्मको यसको प्रयोगले कार्यक्षमता पर्ने असरहरुका बारेमा जनचेतना दिनपर्ने र प्यारेन्टल कन्ट्रोल सफ्टवेयरको विकास गर्नुपर्ने टेलिकम नियमन निकायको तर्क छ । 

बंगलादेशको सरकारले सामाजिक सञ्जालको बन्द गर्न खोजेको यो दोस्रो पटक हो । यसअधि सन् २०१२ मा २ सय ६० दिनसम्म यूट्युव बन्द गराएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!