फ्रि-वाईफाई नचलाउनुस, यो असुरक्षित सेक्स जस्तै खतरनाक हुन्छ

Posted on: 08 May, 2017

एजेन्सी | बिज्ञहरुका अनुसार साइबर सुरक्षाको दृष्टिले फ्रि-वाइफाइको प्रयोग निकै जोखिमपूर्ण हुन्छ ।

वायरलेस नेटवर्कबाट गुजि्रने प्रयोगकर्ताका सबै डाटा ह्याकर तथा अन्य आपराधिक तत्वले हात पार्न सक्ने जोखिम रहन्छ । मोबाइल डाटामा केही बचत गर्ने लोभमा फ्रि-वाइफाइ चलाउनु निकै महंगो सावित हुनसक्दछ, यसकारण । प्रयोगकर्ताको गोपनियता ह्याकर्सले हात पर्न सक्दछ, जसबाट प्रयोगकर्ताले निकै खराब नतिजा बेहोर्नु पर्ने हुनसक्छ ।

साइबर सुरक्षा विज्ञहरु फ्रि-वाइफाइको प्रयोगलाई असुरक्षित सेक्स गर्नेसँग तुलना गर्दछन्। हार्वर्ड बिजनेस रिभ्यूमा छापिएको एक लेखमा भनिएको छ: यी दुबै मामिलामा यदि सावधानी अपनाइएन भने ठूलो नोक्सान बेहोर्नु पर्दछ ।

फ्रि-वाइफाइको स्थितिमा तपाइँको व्यक्तिगत डाटा जस्तै पासवर्ड, वित्तिय जानकारी वा निजी तस्वीर र भिडियो चोरी हुन सक्दछ । जब तपाइँ कुनै कफी शप, होटल वा एयरपोर्टको लन्जमा फ्रि-वाइफाइको प्रयोग गर्नुहुन्छ भने तपाइँले आफ्नो पर्सनल डाटा खतरामा पारिरहनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!