गाडीको ठक्करबाट एकको मृत्यु

Posted on: 07 Aug, 2017

साउन २३, इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ । 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज मध्यान्ह १.३० बजे को१च ९४३२ नम्बरको कारले सडकमा हिँडिरहेका सुनसरी भुटाहा–३ निवासी ७० वर्षीय जालिम मियाँको मृत्यु भएको हो । 

कारको ठक्करबाट गम्भीर घाइते भएका मियाँको जिल्ला अस्पताल इनरुवामा पु¥याइएपछि मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । उहाँसँगै हिँडिरहेका नरसिंह–६ का ५५ वर्षीय रतिश अन्सारी पनि गम्भीर घाइते भएको र उहाँको जिल्ला अस्पताल इनरुवामा प्राथमिक उपचारपछि तत्कालै न्यूरो अस्प्ताल विराटनगरमा थप उपचारका लागि पठाइएकोे छ । 

दुर्घटना गर्ने कार र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिई कारबाही अघि बढाइसकेको बताएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!