नेपाल टेलिकमद्वारा २३ जिल्लालाई नि:शुल्क अफर ! कुन-कुन जिल्ला परे ?

Posted on: 02 Sep, 2017

भदौ १७, काठमाडौं | नेपाल टेलिकमले देशका केहि जिल्लामा निःशुल्क जिएसएम प्रिपेड-सिमकार्ड वितरण गर्ने भएको छ । टेलिकमले बाढीबाट प्रभावित भएका २३ वटा जिल्लामा निशुल्क सिमकार्ड वितरण गर्ने भएको हो ।

उसले बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि निशुल्क सिम कार्ड वितरण गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । 

कुन कुन जिल्लालाई दिईदैछ निशुल्क सिम ? 

नेपाल टेलिकमले बाढी प्रभावित जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रु ५० को ‘टक भ्यालु’ भएको र कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरण गरिरहेको जनाएको छ ।

टेलिकमको यो अफर भदौ १२ गते देखिनै टेलिकमले सुरु गरिसकेको र भदौ २६ गतेसम्म यो सेवा लागु हुने टेलिकमले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!