फेसबुकले बाढीपिडितको लागि १० लाख अमेरिकी डलर सहयोग संकलन गर्दै

Posted on: 03 Sep, 2017

भदौ १८, काठमाडौँ | पछिल्लो पुस्ताको प्यारो सामाजिक संजाल फेसबुकले दक्षिण एसियाका बाढी पिडितका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय रुपमा जम्मा भएको १ मिलियन डलर अर्थात १० करोडको सहयोग गर्ने जनाएको छ ।

फेसबुकले उठाउने उक्त रकमले दक्षिण एशियामा बाढी प्रभावित भएका समुदायहरूको पुनर्निर्माण गर्न मद्दत गर्ने लक्ष्य लिएको जनाएको छ । फेसबुकले सेभ द चिल्ड्रनसँग समेत सहकार्य गर्दै पिडित क्षेत्रका बालबालिकालाई मद्धत पुर्याउने समेत उल्लेख गरेको छ । सेभ द चिल्ड्रनले बिभिन्न देशमा समस्यामा परेका बालबालिकाको लागि खाना, पानी र अन्य अत्यावश्यक सेवाहरु प्रदान गर्ने गरेको छ । 

फेसबुकले आफुले गर्ने भनेको सहयोग अभियान समेत सुरु गरिसकेको छ । उसले अभियानको अन्त्यसम्म विश्वभारीको फेसबुक प्रयोगकर्तासँग स्वइच्छुक सहयोग संकलन गर्ने र उठेको शतप्रतिशत रकम राहतमा प्रदान गर्ने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!