iPhone-8, 8-प्लस र एक्स सार्वजनिक ! फिचर के-के ? मूल्य कति ?

Posted on: 13 Sep, 2017

भदौ २८, सास (काठमाडौँ  | एप्पलले एकै साथ ३ वटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । मंगलवार राति क्यालीफोर्नियाको कूपर्टिनो स्थित एप्पलको हेडक्वार्टरमा एप्पलको मेगा इभेन्टमा नयाँ आईफोन 8 र 8 Plus को साथै स्पेशल एनिभर्सरी एडिशन अन्तर्गत iPhone-X लन्च भएको हो । आइफोन-x मा अघिल्ला सिरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् । 

६९९ डलरको वेसिक मूल्यबाट सुरु हुने iPhone 8 सबैभन्दा अत्याधुनिक फीचर्ससहितको स्माटफोन हो । अनुहारबाट अनलक हुने सिस्टममा 64GB को स्पेसल अडिसन iPhoneX को मूल्य ९९९ डलरबाट सुरु हुनेछ । यसको साथै थर्ड सीरीजको नयाँ एप्पल वाच र एप्पल 4K टीभी पनि लन्च भएको छ । सीईओ टिम कुकले ट्वीट गर्दै यस इभेन्टलाई एप्पलकै हालसम्मको  बिग-डे बताएका छन् । आईफोनको 10th बार्षिक उत्सवको अवसरमा पहिलो पटक एकैसाथ तीन नयाँ iPhone लन्च भएको छ । एप्पल प्रमुख कार्यकारी टीम कुकले गएराती एप्पल मुख्यालयमा आयोजित बिशेष कार्यक्रममा यी तीनवटै मोडल सार्वजनिक गरेका हुन् ।

यसपटक एप्पलले नत आईप्याड लन्च गर्यो नत अन्य कुनै म्याकबुक  अपग्रेड गर्यो, उसले पुरा फोकस iPhone-X मा लगाएको देखिएको छ । मंगलवार लन्च भएको सबै प्रडक्ट्समा प्रयोगकर्ताहरुलाई धेरै सुबिधा दिने प्रयास गरिएको छ । iPhone X ले फेस आईडी रिकग्निशन यानेकि यूजरको अनुहारलाई नै पासवर्ड बनाउने सिस्टमलाई सफल बनाउन एप्पलले आफ्ना १५ हजार इन्जीनियर्सको साथमा आफ्नो पुरा तागत लगाएको थियो । के दावी गरिएको छ भने iPhone-X अब प्रयोगकर्ताको स्वीकृतिबिना १० लाख मानिसको अनुहारले पनि अनलक गर्न सक्दैन । 

फोनमा वायरलेस चार्जिंगले संसारमा तार लगाएर चार्ज गर्ने झंजटलाई अन्त्य समेत गरेको छ । Qi चार्जिंग कन्सेप्टको साथै वायरलेस चार्जिंगलाई एयरपावर नाम दिईएको छ जो अबको तीन न महीमा विश्वभरका प्रयोगकर्ताले उपभोग गर्न सक्नेछन् ।

त्यस्तै एप्पलले नयाँ 4K TV मार्फत एक्सपीरियन्सलाई पनि सुपर रिच बनाउने कोशिस गरेको छ । यसमा एचडीको ४ गुणा राम्रो पिक्सल, प्रोसेसर पहिले भन्दा दोब्बर बनाएको छ । यसमा एकैपटकमा ८ जनासम्मले एक साथ गेम खेल्न सक्छन साथै हालसम्मकै उच्च क्वालिटीको भिडियो हेर्न सकिन्छ । यसको लागि Netflicks र अमेजनलाई कन्टेन्ट पार्टनर बनाउनु ठूलो कदम मानिएको छ ।

आइफोन-X का मुख्य फिचरहरु:- 

- ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त (अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी) 

- अनुहार चिन्ने प्रबिधि- फेस आइडी (आफ्नो फोन खोल्न तपाइले अनुहार देखाउनुपर्ने) 

- पछाडीपट्टि दुईवटा १२ मेगापिक्सेलका क्यामेरा 

- वायरलेस चार्जिङ (३० मिनेटमा ५० प्रतिशत चार्ज हुने) 

- आइफोन ७ भन्दा दूई घण्टा बढी ब्याट्री लाइफ 

- ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमता 

- (कलर) ग्रे र सिल्भर 

आइफोन ८ र ८ प्लसका मुख्य फिचरहरु:- 

- आइफोन ८ को साइज ४.७ इन्च र आइफोन ८ प्लसको साइज ५.५ इन्च

- रेटिना एचडी डिस्प्ले 

- सवैभन्दा आधुनिक ए-११ चिप (यो चिप ए-१० भन्दा ७० प्रतिशत तिब्र) 

- आइफोन ८ मा एउटा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा प्रयोग भएका छन् । 

- वायरलेस चार्जिङ

- उपलब्ध फोनका (कलर) हरु - सिल्भर, स्पेश ग्रे र गोल्ड 

मूल्य कति पर्छ ? 


(नयाँ प्रोडक्टको अमेरिकामा पर्ने मूल्यलाई आधार मानि मूल्यबारे जानकारी दिइएको छ, जुन मूल्य यहाँ उल्लेख गरिएको छ, त्यसमा नेपाली बजारके केहि घटी वा बढी मूल्य हुनसक्छ)

iPhone X 

मूल्य: ९९९ अमेरिकी डलर (करीब रु. १ लाख ३ हजार ) 

प्री-अर्डर: २७ अक्टूबरबाट सुरु  

बिक्री: ३ नोभेम्बरबाट सुरु 

आईफोन 8 (64GB)

मूल्य: ६९९ अमेरिकी डलर (करीब रु. ७२ हजार) 

प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु  

बिक्री: २२ सेप्टेम्बरबाट सुरु 

आईफोन 8 प्लस (64GB)

मूल्य: ७९९ अमेरिकी डलर (करीब रु. ८३ हजार) 

प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु  

बिक्री: २२ सेप्टेम्बरबाट सुरु

एपल TV 4K (32GB)

मूल्य: १७९ अमेरिकी डलर (करीब रु. १८ हजार ५००) 

प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु  

बिक्री: २२ सेप्टेम्बरबाट सुरु

सेल: 22 सितंबर से

एप्पल वाच (सीरीज-3)

मूल्य: ३२९ अमेरिकी डलर (करीब रु. ३३ हजार ५००) 

प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु  

बिक्री: १९ सेप्टेम्बरबाट सुरु

यस बिषयमा तपाइको प्रतिक्रिया...!