गुगलले यो महिनाभित्रै सार्वजनिक गर्दैछ २ नयाँ स्मार्टफोन (यस्तो छ डिजाइन)

Posted on: 17 Sep, 2017

असोज १, काठमाडौँ | गुगलले आगामी ४ अक्टोबरमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । गुगलले 'पिक्सेल टू' र 'पिक्सेल टू एक्स एल' नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज गर्ने भएको हो ।

The Californian technology मार्फत सार्वजनिक टिजरमा लेखिएको छ, ‘स्मार्टफोन बदल्ने बारेमा सोँच्नुभएको छ ?’ यस्तै अन्य प्रश्नहरु उल्लेखित छन् । 

यद्यपि यस दिन गुगलका कुन कुन फोन आउँदैछन् चाहीँ भनिएको छैन । तर उल्लेखित दुबै स्मार्टफोन गुगलले एकसाथ सार्वजनिक गर्ने अड्कल धेरैले काटेका छन् ।

यो वर्ष अन्य सबैजसो प्रतिस्पर्धी कम्पनीहरुले आफ्ना फ्लागसीप फोन लञ्च गरिसकेको अवस्थामा गुगलको स्मार्टफोन लञ्च वर्षको अन्तिम हेभीवेट लञ्च हुनेछ।

एप्पलले आफ्ना तिन नयाँ स्मार्टफोन लञ्च गरेको दुई दिनपछि नै गुगलले उक्त टिजर सार्वजनिक गर्यो । पिक्सेल टू र पिक्सेल टू एक्स एल गुगलका फ्लागसीप स्मार्टफोन हुनेछन् ।

रिपोर्ट अनुसार गुगलको पिक्सेल टू स्मार्टफोन एचटीसी कम्पनीले बनाइरहेको छ । यो फोनमा स्क्विजेबल फ्रेम हुनेछ । यसमा फोनको स्क्रिनलाई दबाएकै भरमा विभिन्न कार्य गर्न सकिन्छ । 

express.co.uk ले जनाए अनुसार छिट्टै गुगलको नयाँ स्मार्टफोन बारे जान्न अवसर मिल्ने जनाएको छ । उसले तयार परेको समाचारमा पनि गुगलले आफ्ना २ फोनहरु अक्टोबर ४ मै रिलिज गर्ने छ । 

गुगलले सार्वजनिक गरेको टिजरमा निम्न प्रश्नहरु गरिएको छ । प्रश्नको मतलव गुगलको नयाँ स्मार्टफोनमा यी प्रश्नहरुको समाधान छन् । 

“What’s wrong with my phone’s battery?”

“Why is my phone always out of storage?”

“Why does my phone take so many blurry photos?”

“Why doesn’t my phone understand me?”

“Why can’t my phone update itself?”

सार्वजनिक गरिएका नयाँ स्मार्टफोनका झलकहरु 




यस बिषयमा तपाइको प्रतिक्रिया...!