राजपालाई पछी पार्दै माओवादी बन्यो दोश्रो, सिरहामा सबैभन्दा बलियो

Posted on: 22 Sep, 2017

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।  

हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडी छ भने दोस्रो स्थानमा माओवादी छ । यस अघि राष्ट्रिय जनता पार्टी र माओवादी बराबर अंकका साथ दोश्रो स्थानमा थियो तर माओवादीले १ स्थानीय तहामा जित दर्ता गर्दै दोश्रो स्थानमा बलियो बनेको हो । त्यस्तै चौथो स्थानमा संघीय समाजवादी फोरम र नेकपा एमालेको पाँचौं स्थानमा छन् ।

अहिलेसम्म माओवादीले जितेको ९ स्थानीय तहहरु: 

(सिरहा) कर्जन्हा नगरपालिका:- गंगा पासवान (४३०९)

(सिरहा) अर्नमा गाउँपालिका:- ठकु महतो कोइरी (२४३६)

(पर्सा) ठोरी गाउँपालिका:- पदम लाल श्रेष्ठ (२८०२)

(सिरहा) औरही गाउँपालिका:- सिद्धार्थ  यादव

(रौतहट) मौलापुर नगरपालिका:- रिना साह (३९१२)

(रौतहट) यमुनामाई गाउँपालिका:- मोहम्मद मक्सद रान्के

(महोत्तरी) गौशाला नगरपालिकाः- शिवनाथ महतो (५९४४)

(महोत्तरी) सम्सी गाउँपालिकाः- फारूक शेख (२३४८)

(सिरहा) मिर्चैया नगरपालिका:- श्रवणकुमार यादव 

सिरहामा माओवादी सबैभन्दा बलियो 

सिराहामा माओवादी केन्द्र सबैभन्दा बलियो बनेको छ । सिरहाको मिर्चैया नगरपालिकामा माओवादीले आफ्नो चौथो जित समेत दर्ता गर्दै अझै बलियो बनेको हो ।

यसअघि माओवादीले अर्नमा गाउँपालिका, कर्जन्हा नगरपालिका र औरही गाउँपालिकामा माओवादी विजयी भएको थियो । 

पछिल्लो मत परिणाम अनुसार मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव मेयर र विजछी देवी उपमेयरमा विजयी भएका हुन् । मेयरमा विजयी यादव ४ हजार ७ सय ३६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादवले ३३१७ मत पाएका थिए ।

मिर्चैयामा उपमेयरमा पनि माओवादीकी जीवछीदेवीले ४९३९ मत ल्याएर बिजेता भईन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्जलाकुमारी सिंहले ३ हजार २ सय ९९ मत पाइन् ।

सिरहामा अन्य दल  

कांग्रेस 

नवराजपुर गाउँपालिका:- विश्वमोहन प्रसाद यादव (२३०३)

एमाले

सिरहा, नरहा गाउँपालिकाः रामशरण यादव (१६५६)

संघीय समाजवादी फोरम

विष्णुपुर गाउँपालिका:- जागेश्वर यादव (१९४०)

भगवानपुर गाउँपालिका:- बेचनप्रसाद यादव (३०५८)

यस बिषयमा तपाइको प्रतिक्रिया...!