सिरहाको धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

Posted on: 22 Sep, 2017

असोज ६,सिराहा। सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । 

हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गर्नुभयो । 

सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी 

त्यसै सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । 

केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गर्नुभयो । 

यो सँगै एमालेले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ ।    रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!