बुधबार एकाएक विश्वभर किन बन्द भयो फेसबुक ?

Posted on: 12 Oct, 2017

असोज २६, काठमाडौँ (एजेन्सी) | सामाजिक संजाल फेसबुक बुधबार विश्वभर केहीबेर बन्द भएको कुरा धेरैलाई थाहा भयो होला । फेसबुक बन्द हुँदा प्रयोगकर्ताहरुमा तनाब स्थिति सृजना भएको थियो जसको कारण प्रयोगकर्ताले फोटो तथा स्टाटस अपडेट गर्न पाएनन् । बिभिन्न समाचार अनुसार बुधबार फेसबुक २ घण्टा बन्द भएको थियो । 

बुधबार फेसबुकको मोबाइल र डेस्कटप दुबै भर्सन डाउन भएको थियो । फेसबुकसँगै फोटो शेयरिङ एप इन्स्टाग्राम पनि बन्द भएको थियो । तर फेसबुक केही समयपछि नै दुबै संजालले फेरी काम गर्न थाले । कतिपयले त आफ्नो इन्टरनेट ब्राउजरमै समस्या आएको ठानेर ब्राउजरनै अनइन्स्टल गरि फेरी इन्सटल समेत गरे तर पनि फेसबुकले कम गरेको थिएन । सेवा सक्रिय भएपछी पनि केहिबेर सम्म कसैको फेसबुक चल्ने कसैको नचल्ने भएको थियो । 

फेसबुक डाउन हुँदा कतिपय प्रयोगकर्ताको पेज नै अपलोड भएको थिएन भने कतिपयले आफ्ना अकाउन्ट लगइन गर्न पाइरहेका थिएनन् । फेसबुक लगइन गर्न खोज्दा ‘आवश्यक मर्मतका लागि फेसबुक डाउन भएको र केही मिनेटमै पहिलेको अवस्थामा आउने र चलाउन सकिने’भन्ने सन्देश देखिएको थियो ।

फेसबुक डाउन भएको समाचार ट्विटरमा समेत भाइरल बन्यो । फेसबुक डाउन भएपछी फेसबुक डाउन भएको कुरा विश्वमै ट्वीटर ट्रेन्ड भएको थियो । फेसबुक कहिलेकाही प्राविधिक सुधार तथा समस्याको कारण डाउन हुँदै आएको छ । अकस्मात फेसबुक डाउन तथा स्लो हुँदा कयौं प्रयोगकर्ताहरु मारमा पर्ने गरेका छन् । बुधबार फेसबुक मर्मतका क्रममा डाउन भएको बिभिन्न संचार माध्यमले जनाएको छ । यस बारे कतिपय प्रयोगकर्ताहरुले फेसबुक खोल्दा संदेश समेत पाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!