काठमाडौँको लैनचौरस्थित म्हपीमा गोली चल्यो !

Posted on: 22 Oct, 2017

कात्तिक ५, काठमाडौँ । काठमाडौँको लैनचौरस्थित म्हपीमा आज बिहानै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन्।

पोख्रेलले भने ‘बिहानै गोली चलेको छ, अनुसन्धान भइरहेको छ ।’

एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । उनका अनुसार एक जनाको खुट्टामा गोली लागेको छ। गोली लाग्नेका घाइतेको पहिचान हुन सकेको छैन। घाइतेलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ । 

केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो । नेपाल समाचारपत्रबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!