लिम्बुवानका छथर कमाण्डर कांग्रेसमा प्रवेश

Posted on: 08 Nov, 2017

कात्तिक २२, तेह्रथुम | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दश वर्षदेखि लिम्बुवान आन्दोलनमा होमिएका मन्चका पुर्वजिल्ला कार्यसमिति सदस्य तथा छथर कमाण्डर निरविन्दु थोक्लेन कांग्रेस प्रवेश गरेका हुन् । 

थोक्लेनलाई नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले पार्टीमा स्वागत गरेका छन् । उनले नयाँ संविधान जारी भएसँगै संघीयता कार्यान्वयन हुनेक्रममा रहेको र स्थानीय चुनावले पहिचानको आन्दोलनलाई सफल बनाउन थप सहयोग पुगेको भन्दै कांग्रेस प्रवेश गरेको बताए । 

थोक्लेनलाई मन्चले छथर गाउँपालिका–४ मा वडाध्यक्षमा उम्मेदवार बनाएको थियो । सो कार्यक्रममा बोल्दै ढुंगानाले लोकतन्त्रको रक्षाका निम्ति आम न्यायप्रेमी जनताहरुबीच एकताको खाँचो रहेको बताए । 

ओख्रेमा भएको कार्यक्रममा जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, तरुण दल जिल्ला सभापति विपीन निङ्लेकु लगायत नेताहरुले आ–आफ्नो भनाइ राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!