एनसेलको सिम प्रयोग गर्नेहरुलाई खुसीको खबर !

Posted on: 24 Nov, 2017

मंसिर ८, काठमाडौं | नेपालमा दोश्रो ठुलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । 

एनसेलका सिम प्रयोग गर्ने ग्राहकहरुले अब पहिले भन्दा सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने भएका हुन् । एनसेलको नयाँ भ्वाइस प्याककासाथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्ने स्किम पनि ल्याएको छ  ।

नयाँ भ्वाइस प्याकहरु यही मंसिर ७ गतेदेखि ९० दिनको लागि संचालनमा आएको एनसेलले जनाएको छ । यी नयाँ प्याक अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् ।

१५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहितमात्र १५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा करसहित ७० रुपैयाँमा १२० मिनेट  टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले ३० रुपैयाँमा ५० मिनेट टक टाइम रहेको तीनदिने भ्वाइस प्याकखरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३०० रुपैयाँमा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमाभ्वाइस सेवाको मजा लिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीन दिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित  २.५० रुपैयाँ प्रतिमिनेट शुल्क लाग्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!