बेलायती सेनामा कार्यरत नेपालीले दिए बिद्यालयलाई एक लाख सहयोग

Posted on: 29 Dec, 2017

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङका एक ब्यक्तिले विद्धालयलाई एक लाख सहयोग गरेका छन् । ब्रिटिस सेनामा कार्यरत डाडाँगाउका ध्यानप्रसाद राईले जिल्लाको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गरेका हुन् ।

बेलायती सेनाको मेजर पदमा कार्यरत राईले बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा पुस्तकालय एबं भौतिक कामका लागि बिद्यालयका प्रधानाध्यपक केशवकुमार खड्कालाई रकम हस्तान्तरण गरेका हुन् । 

राईले बेलायती सेनामै काम गरेका बाबु शहरमान राई सहित विद्यालयमा आएर रकम प्रदान गरेको विद्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!