शेयर बजारमा आइतबार सामान्य वृद्धि

Posted on: 28 Jan, 2018

१४,माघ,काठमाडौं। सातामा कारोबार भएको  पहिलो दिन आइतबार बैंक र बीमा क्षेत्रमा आएको सुधारले  शेयर बजार झिनो अंकले बढेको छ।

आइतबार शेयर बजार १ दशमलव ४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ। 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर २९७.०१ अंकमा उक्लिएको छ।

आइतबार १० उपसूचक मध्ये दुईवटा उपसूचक मात्रै बढेका छन्। अन्य आठ समूहका उपसूचक भने घटेका छन्। वाणिज्य बैंक र विकास बैंकका सूचकमा आएको सुधारले बजार समान्य बढेको हो।  

आइतबार १४०४ अंकबाट सुरु भएको बजारले पहिलो ५० मिनेटमा सात अंक उक्लिदै बजारले १४११ अंक भेट्टाएको थियो। त्यसपछी बिस्तारै घटेको बजार साढे २ बजे सम्म घट्दै १४०३ अंकमा ओर्लिएको थियो। तर अन्तिम सात मिनेटमा बजार झिनो अंकले बढेर बन्द भएको छ।

आइतबार १५८ कम्पनीका आठ लाख ५१ हजार कित्ता शेयर ३५ करोड ४७ लाख रुपैयाँमा खरिद बिक्रि भयो। सबैभन्दा बढी सानिमामाई हाइड्रोपावर कम्पनीको दुई करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो।   

कारोबारमा आएका उपसूचकमा बैंक ५.९२ र विकास बैंक ४.७६ अंकले बढेको छ। ट्रेडिङ १०.३९, होटल २८.०२, जलविद्युत १६.९२, फाइनान्स २.७५, बीमा १२.४९, उत्पादनमूलक ९.३९, अन्य ३.०३ र लघुवित्त ५.४५ अंकले घटेका छन्।

आइतबार सबैभन्दा बढी एनएमबि बैंकका शेयरधनीले करिब चार प्रतिशत कमाएका छन्। सिन्धु विकास बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!