नेपालमा सामसुङको ग्यालेक्सी ‘एएट प्लस’ बिक्रि सुरु, मूल्य कति ?

Posted on: 01 Feb, 2018

माघ १८, काठमाडौं | नेपालमा सर्वाधिक बोकिने फोनमध्ये सामसुङको ग्यालेक्सीले आफ्नो ‘एएट प्लस’ बिक्रि सुरु गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषता रहेको यस स्मार्टफोनमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । 


यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । जसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । ग्यालेक्सी ‘एएट प्लस’ फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । फोन आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध भएकाले सहजै रुपमा हेर्न सकिन्छ । नयाँ फोनमा १८:५:९ रेसियोको डिस्प्ले छ भने  ‘एएट प्लस’ मा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामराहरु जडान गरिएको छ । 


फोनमा एफ १.९ को डुयल क्यामरा छ, जसको कारण सेल्फी खिच्नको लागि समेत यो फोन निकै राम्रो छ । फोनमा व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो समेत खिच्न सकिने, लाईभ फोकसको कारण फोटो खिच्नु अघि वा खिचिसके पछि उच्चस्तरीय फोटो खिच्न सकिने बिशेष गुण रहेको छ । यसमा १६ मेगा पिक्सल एफ १.७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ । 


ग्यालेक्सी ‘एएट प्लस’ मा फोनलाई अनलक नै नगरी मोवाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो ‘आइपीसिक्सएट’बाट प्रमाणित छ । यो फोन धुलो तथा पानी प्रतिरोधि पनि हो । सामसुङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी ‘एएट प्लस’ कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ । यसको नेपाली मूल्य ५९,९९० रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!