नेपाल टेलिकमले ल्यायो वार्षिकोत्सवमा यस्ता आकर्षक अफर (सुचिसहित)

Posted on: 05 Feb, 2018

माघ २२, काठमाडौं । आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न छुट योजना सार्वजनिक गरेको छ ।

जसअनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति  गर्ने जनाएको छ । यस्तै क्रस बिलिङअन्तर्गत माघ २५ देखि ३ महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गराउने छ ।

यस्तै माघ २३ देखि माघ २९ सम्म रु. ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत रु. ५०० र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ ।

यसैगरी पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि वैशाख २५ सम्म रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरू ल्याइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय आगमन कलमा ७ खदिनमा ७ मिनेटभन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ ।

कम्पनीले जीएसएम सेवातर्फ २३ माघदेखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राति १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु. ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु. ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु. १५ शुल्क तोकेको छ ।

यस्तै २५ माघ देखि २५ वैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरू ल्याउने पनि टेलिकमले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!