विज्ञान प्रविधि विकासका लागि नेपाल र दक्षिण कोरीयाबीच सम्झौता

Posted on: 07 Feb, 2018

माघ २४, काठमााडौं । नेपालमा विज्ञान प्रविधिको विकासका लागि नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच सम्झौता गरेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालय र दक्षीण कोरीया सरकारबीच नेपालको एकिकृत ग्रामीण विकास एवं विज्ञान र प्रविधि विकासको परीयोजनाको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । 


उक्त सम्झौता पत्रमा नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सीक र नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय सचिब शंकर प्रसाद कोइरालाले सामुहिक हस्ताक्षर गरिएको छ ।

दक्षिण कोरीया सरकारले उक्त परियोजनामा १० मिलयिन अमेरिकी डलर (एक अर्ब नेपाली रुपियाँभन्दा बढी) नेपालको एकिकृत ग्रामीण विकासमा लगानी गर्नेछ जसमा काठमाडौ विश्वविद्याले मुख्य कार्यन्वयनको भुमीका निर्वाह गर्नेछ । 

यस ८ वर्षै परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवं प्रविधि क्षमतामा अभिवृद्दिका साथसाथै ग्रामीण नेपालीको जिवनस्तरमा पनि सकारात्मक परिवर्तन गरिने विश्वास लिइएको छ । 

काठमाण्डौ विश्वविद्यालयको परिसरमा एउटा अत्याधुनिक अनुसन्धान केन्द्र एवं ग्रामिण क्षेत्रहरुमा उपकेन्द्रहरुको स्थापना गर्दै नैपालमा उचित अनुसन्धान र विकासको वातारवरण सिजर्ना गर्ने र नेपाली समुदायको विकास आवश्यक्तालाई सम्बोधन गर्ने उदेश्य लिइएको छ ।

सम्झौता हस्ताक्षर गर्ने व्रmममा नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सीकले उक्त परियोजनाबाट नेपाली जनताको जिवन स्तरमा सकारात्मक परीवर्तन ल्याइने विश्वास व्यक्त गरे । 

साथै अर्थ मन्त्रालय नेपाल सरकारको सचिब शंकर प्रसाद कोइरालाको तर्फबाट उक्त परियोजनालाई सफल बनाउन कुनै कसर नराख्ने प्रतिबद्दता व्यतm गरे । कोइकाले सन् १९९१ देखि नेपाल सरकारलाई शिक्षा, कुषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!