रेडियो मलङ्वा ९५.६ मेगाहर्जको उद्घाटन बैशाख १ गते हुने

Posted on: 27 Feb, 2018

सर्लाही १५, फाल्गुन | प्रदेश नम्बर - २ को सर्लाही मलङ्वामा संचालन हुन लागेको  मलङ्वा मिडिया प्राईभेट लिमिटेड द्वारा संचालित रेडियो मलङ्वा ९५.६ मेगाहर्जको उद्घाटन बैशाख १ गते हुने भएको छ |

यस अघि चैत्र एक गते रेडियो सन्चालन गर्ने तयारी गरिए पनि धर्म संस्कृतको तरिकाले चैत्रमासमा कुनै पनि शुभ कार्य गर्न नमिल्ने भएकाले एक महिना समय थपिएको रेडियो मलङ्वाका अध्यक्ष सरोज यादवले बताएका छन् | बैशाख एक गतेबाट सन्चालन हुने  लागेको थप एउटा व्यवसायिक  रेडियोको सबै सरकारी प्रक्रिया पूरा भइसकेको रेडियो स्रोतले जनएको हो |

रेडियोले आधुनिक समग्र मधेस प्रदेशको समावेशी विकास निर्माण, शिक्षा, स्वास्थ्य सुधार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो रेडियोको अहम भुमिका रहने रेडियोका अध्यक्ष यादवले बताएका हुन् |

तराई मधेसको प्रमुख समस्याको रुपमा रहेको अशिक्षा , बाल बिवाह र  दहेज प्रथा जस्ता विकृतिलाई रेडियो मार्फत जनचेतनामूलक रेडियो नाट्क कार्यक्रमले नियन्त्रणमा  ठूलो सहयोग पुग्ने उदेश्य रेडियोले लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!