अछामको साँफेबगर नगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना

Posted on: 04 Mar, 2018

फागुन २०, अछाम (रासस) | अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले शनिबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै पहिलो स्थानीय तह बनेको बताएको छ । 

स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । मालिका विकास संघ नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । 

सूचना प्रविधि केन्द्रमार्फत नगरपालिकाभित्र भएका सबै नीतिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने नगर प्रमुख कुलबहादुर कँुवरले बताउनुभयो । जनप्रतिनिधि भइसकेपछि नगरपालिकाको कार्यालयमा सिसी क्यामरासमेत जडान गरिएको हो । सूचना प्रविधि केन्द्रको उदघाट्न गर्दै प्रदेश सांसद हर्कबहादुर कँुवरले छिटो छरितो, सुशासनका लागि प्रदेश ७ का सबै जिल्लामा विस्तार गर्न प्रदेश सरकारमा आफूले प्रस्ताव राख्ने प्रतिबद्धता जनाउनुभयो । 

यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले २१औँ शताब्दीमा नेपालमा करिब ८० प्रतिशतभन्दा बढी जनताले मोबाइल प्रयोग गर्ने भएकाले त्यसैमा सूचना पाउने वातावरण मिलाउनका लागि सूचना प्रविधि केन्द्रको आवश्यकता भएको उल्लेख गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!