नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार

Posted on: 10 Mar, 2018
फाल्गुन २६ अर्घाखाँची |  नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ को क्षेत्रिय समिती विस्तार भएको छ। शर्मिला आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिती चयन गरिएको छ।  जस्को उपाध्यक्षमा तुलसीराम पौडेल र धर्मराज बेल्बासे रहनु भएको छ।  त्यस्तै सचिबमा चोपलाल बिक, सहसचिव माधब कपाल, कोषाध्यक्ष सावित्रा दर्लामी, सदस्यहरुमा केशब पान्डे, गिता बेल्बासे,सुरज घिमिरे र रमेश घिमिरे रहनु भएको छ। 
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी ने वि संघका पुर्व सभापती एवं नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधी कृष्ण खनालले नेपाली कंग्रेसको हरेक सुखदुखमा ने वि संघले साथ दिएको भन्दै विद्यार्थीका क्रियाकलापमा ध्यान दिन आग्रह गर्नुभयो। 
विशिष्ट अथिती ने वि संघका जिल्ला सभापती युवराज पान्डेले ने वि संघ सँधै विद्यार्थीको बिचमै रहेको र अझै सशक्त भएर विद्यार्थीका हकहितको लागि समर्पित हुने बताउनु भयो। 
कार्यक्रममा उपाध्यक्ष द्वय नेत्र मरासिनी, सुरज रायमाझी, पाणिनि बहुमुखीका स्व वि यु कोषाध्यक्ष घनश्याम पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष शर्मिला आचार्यको सभापतित्व,सन्धिखर्क नगर कमिटीका अध्यक्ष भरत भट्टराईको स्वागत मन्तव्य र जिल्ला सदस्य लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!