सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?

Posted on: 27 Mar, 2018

चैत १३, काठमाडौं । सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको बिक्रि सुरु गरेको छ ।

सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउने कम्पनीको दाबी छ ।

सुपर स्लो–मो र एआर इमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले नयाँ सन्तुष्टि प्राप्त गर्ने सामसङ मोबाइल फोन सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताउनुभयो ।


यी दुई नयाँ फोनहरु लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा उपलब्ध छन् । सामसङले यी फोन खरिदकर्ताहरुलाई लक्षित गर्दौ १२ हप्ताको लागि १२ सय जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ ।

त्यस्तै, सामसुङले यी फोन खरिदकर्ताका लागि शिखर बीमाको सहयोगमा एक वर्षे बीमा गरिदिने जनाएको छ ।

कति छ मूल्य ? 

ग्यालक्सी एस–९ प्लसको नेपाली मूल्य १ लाख ४ हजार ९ सय र एस–९ को ९२ हजार ९ सय रुपैयाँ रहेको सामसुङले जनाएको छ । ५ हजारको ‘क्यासब्याक’ अफर छुट गरी ग्रहकहरुले सामसुङ एस–९ प्लसको मूल्य ९९ हजार ९ सय रुपैयाँ र सामसुङ एस–९, को मूल्य ८७ हजार ९ सय तोकिएको सामसुङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!