भारतद्वारा सञ्चार उपग्रह जीसैट (६ए)को सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

Posted on: 29 Mar, 2018

नयाँ दिल्ली, १५ चैत (रासस÷सिन्ह्वा) ः भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् । 

राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट (६ए) लाई दक्षिणी अन्तरिक्ष स्टेसन श्रीहारिकोटाबाट स्थानीय समय अनुसार अपरान्ह् ४ बजेर ५६ मिनेटको समयमा प्रक्षेपण भएको थियो । 


प्रक्षेपण गरिएको २० मिनेटमा सञ्चार उपग्रह निश्चित स्थानमा पुगेको एक भारतीय अन्तरिक्ष अधिकारीले बताए । “उपग्रहलाई आफ्नो कक्षमा सफलतापूर्वक स्थापना गर्न हामी सफल भएका छौँ,” अधिकारीले भने । 

यससँगै सिमविना नै भारतभर मोबाइलबाट सूचनाको आदानप्रदान गर्न सकिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!