टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा बन्द भएपछि सेवाग्राही आक्रोशित

Posted on: 16 Apr, 2018

वैशाख ३,काठमाडौँ ।  नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनमा समस्या देखिएको छ ।  टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा आकस्मिक रुपमा काटिएको भन्दै सेवाग्राहीले टेलिकमको सुन्धारा कार्यालयमा आक्रोश पोखेका छन् ।

आकस्मिक रुपमा टेलिफोन लाइन काटिएको त्यसबारे बुझ्दा आउँदा सिस्टमा नै समस्या देखिएको भनेपछि सयौंको संख्यामा रहेका सेवाग्राहीले टेलिकम विरुद्ध नारावाजी गरेका छन्  । हिजो टेलिकम कार्यालयमा आएर पैसा तिरेर गएको तर आज लाइन काटियो सुन्धारा काउन्टर आगाडी रहेका एक सेवाग्राहीले भने "यस्तो अवस्थामा पनि टेलिकमका कर्मचारी जिम्मेवारी वहन गर्दैनन्।''


विशेषगरी टेलिकमको सुन्धारा क्षेत्रका ल्याण्ड लाइन सेवामा हिजो देखि यस्तो समस्या  देखिएको सेवाग्राहीले जनाएका छन्  । यस विषयमा साझा सबालले टेलिकम  प्रवक्ता प्रतिभा बैद्यसँग जानकारी लिन खोज्दा उनले आफुँ व्यस्त भएको भन्दै पछि सम्पर्क गर्न भनिन्  । थप जानकारीको लागि टेलिकमको सूचना शाखामा बुझ्दा आफुहरुलाई यसबारेमा कुनै जानकारी नभएको भन्दै उल्टै जानकारी दिएकोमा धन्यवाद दिए  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!