काठमाडौं महानगरपालिकाले ल्यायो पाहुनाको स्वागतमा सोझै ५० लाख खर्च गर्ने नियमावली

Posted on: 18 May, 2018

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी पाहुनाको स्वागतमा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्ने प्रावधानसहित सार्वजनिक खरिद नियमावली ल्याएको छ ।


महानगरपालिकाले ल्याएको नयाँ नियमावलीमा विदेशी राष्ट्रप्रमुखको स्वागत र आतिथ्यतामा सोझै ५० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको हो ।


यो प्रावधानले आर्थिक हिनामिनाको जोखिम बढाएको छ । आजको नागरिकले काष्ठमण्डप पृष्ठमा यो समाचार छापेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!