सामसङले एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नु

Posted on: 27 May, 2018

जेठ १३, एजेन्सी | अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङलाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । 

अदालतको फैसला अनुरुप अब कोरियन कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई सन् २०११ मा सुरु भएकोडिजाइन चोरीकोआरोपमा यो फैसला टुंगोमा पुर्याएको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएपछि सामसङले उक्त निर्णयविरुद्ध पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

उक्त मुद्दाको पुनरावलोकन गर्दै अमेरिकी अदालतले अहिले ५० करोड ३० लाख डलर जरिवाना मात्रै तिरे पुग्ने फैसला सुनाएको हो । सामसङलाई मुख्यतः आईफोनको तीन डिजाइन चोरी गरेको आरोप छ । तर, विश्लेषकहरूले भने सामसङ यो क्षतिपूर्तिको निर्णयको पुनरावलोकनका लागि पुनः अदालत जान सक्ने टिप्पणी गरेका छन् । क्यालिफोर्नियाको अदालतले पुराना प्रमाणहरूको आधारमा जरिवाना रकमको निक्र्योल गरेको हो । 

आफूले करिब २ करोड ८० लाख डलर मात्रै क्षतिपूर्ति तिरे पुग्ने जिकिर गर्दै आएको सामसङले पछिल्लो निर्णय समेत नकार्ने बुझिएको छ । एप्पलले भने आफ्नो आइफोन बिक्रीबाट प्राप्त नाफाको आधारमा ठूलो रकम क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएको थियो । सामसङलाई साढे दुई अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी एप्पलले गरेपनि अदालतले एप्पलको दावी भन्दा ४ गुणा कमको फैशला गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!