पुराना आइफोन चलाउनेहरुलाई खुसीको खबर

Posted on: 05 Jun, 2018

जेठ २२, काठमाडौँ | पुराना आइफोन चलाउनेहरुलाई राहत मिल्ने भएको छ । पुराना आइफोनहरु स्लो हुनेगरेको गुनाशो बढेपछी आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलले सोमबार आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ । 

एप्पलले एक विशेष समारोहबीच आइओएस १२ लञ्च गरेको हो । यो अपरेटिङ सिस्टमबाट आइफोन सिक्स यताका पूराना भर्सनका आइफोनहरु समेत फास्ट चल्नेछन् ।

सान जोसमा आयोजित एप्पलको वाषिर्क डेभलपर्स सम्मेलनका क्रममा एप्पलले आइओएस १२ सार्वजनिक गर्यो । एप्पलका अनुसार आइओएस ११ को तुलनामा आइओएस १२ ले कुनैपनि एप दोब्बर छिटो खुलाउनेछ ।

एप्पलका अनुसार सन् २०१३ यताका आफ्ना ह्याण्डसेटहरुमा आइओएस १२ ले काम गर्नेछ ।

स्मार्टफोन उद्योग परिपक्व बन्दै जाँदा प्रयोगकर्ताले पटक पटक नयाँ डिभाइस किन्नुको साटो सकेसम्म पूरानै डिभाइस चलुन्जेल चलाउने प्रवृत्ति बढिरहेको छ । यस्तोमा कमजोर ब्याट्री भएका कतिपय पूरानो मोडेलका आइफोनलाई नियतबस धिमा गतिमा झारेपछि गत वर्ष एप्पल विवादित बनेको थियो ।

एप्पलले सोमबार सार्वजनिक गरेको आइओएस १२ मा प्यारेन्टल कन्ट्रोल फिचर पनि छ । यसबाट अभिभावकहरुले आफ्ना बच्चाबच्चीले आइफोन तथा आइप्याडमा कुनैप्नि एप चलाउन पाउने समयमा पावन्दी लगाउन सक्नेछन् भने कुन एप चलाउने दिने वा नदिने पनि छनोट गर्न सक्नेछन् । रोयटर्सबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!