६ महिनाको १६ सय रुपैयाँ तिरे पुग्ने प्रभु टिभी सञ्चालनमा, एचडी च्यानलहरु पनि उपलब्ध

Posted on: 17 Jun, 2018

असार ३,काठमाडौं। प्रभु सहमूले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ओटिटी प्रणालीमा आधारित मोबाइल, ट्यावलेट तथा ल्याबटपमा समेत टेलिभिज च्यानल हेर्न सकिने सुविधा ल्याएको छ।

 प्रभु टिभी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले उच्च गुणस्तरीय डिजिटल टिभी च्यानलहरु प्रशारण गरिने बताए। प्रभु टिभी कलसाइन मार्फत डिभिबी-टिटु प्रविधिमा आधारित भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलहरु उपलब्ध हुने छन्। 

 पहिलो चरणमा प्रभु टिभी काठमाडौं, चितवन र पोखरामा उपलब्ध हुने छ। त्यसपछि वुटवल, भैरहवा, नेपालगञ्ज लगायतका शहरहरुमा प्रशारण हुने छ। प्रभु टिभीले बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन, सुचनामूलक नेपाल तथा अन्तर्राष्ट्रिय च्यानलहरु प्रशारण गर्ने छ।

एकल प्रयोगकर्ताले ६ महिनाको १६ सय रुपैयाँ तिरेर टेलिभिजन हेर्न सक्ने छ। यसका लागि १ हजार रुपैयाँ सेटअप बक्सका लागि अतिरिक्त शुल्क लाग्ने छ। संस्थागत प्रयोगकर्ताका लागि मासिक २ सय र सेटअप बक्सका लागि ८ सय अतिरिक्त शुल्क लाग्ने छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!