मुस्ताङ दुर्घटनाप्रति सभामुखद्वारा शोक व्यक्त

Posted on: 07 Jul, 2018

असार २३, काठमाडौँ, | सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

आज एक शोक वक्तव्य जारी गरी उहाँले उक्त दुर्घटनामा परी रोल्पाका नौ जना, दाङका छ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा, कपिलवस्तुका एक÷एक जना गरी २० जना मजदुरको दुःखद् निधन भएको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गर्नुभएको हो । 

दुर्घटनामा परी निधन भएका मजदुरप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सभामुख महराले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गर्नुभएको छ । 

उहाँले दुर्घटनामा निधन भएका मजदुरको शव घरसम्म पुर्याउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदानमा कत्ति पनि ढिलाइ नगर्न सम्बन्धित पक्षसँग अनुरोध गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!