सामसुङले ल्यायो नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता !

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी जे६ नेपाली बजारमा ल्याएको छ । ठूलो डिस्प्ले एरिया भएको ग्यालेक्सी जे६को इन्फिनिटि डिजाइनका साथमा बजारमा भित्र्याएको हो ।

पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले सहितको विशेषता रहेको यो फोन ग्राहकको रोजाइमा पर्ने कम्पनीले दावी गरेको छ ।

सहजताको लागि फिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा राखिएको छ । डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले प्रयोगकर्ताहरुलाई विशेष दृश्यको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।  

ग्यालेक्सी जे६ मा सामसुङको  वेस्ट इनक्लास क्यामरा प्रयोग गरिएको छ । यस क्यामराले जस्तो सुकै अवस्थामा जहाँ पनि आकर्षक सेल्फी खिच्न सक्छ । यसमा १३  मेगा पिक्सलको रियर सुटरको साथ १.९ अपर्चर रहेको छ । 

ग्यालेक्सी जे६ अक्टाकोर प्रोसेसर, ४ जीवीको र्याम र ६४ जीवी रोममा उपलब्ध छ । यसमा एडभान्स मेमोरी म्यानेन्टमेन्ट फिचर पनि रहेको छ । यसमा सामाजिक सञ्जालका विषय वस्तुहरुलाई सीधै मेमोरी कार्डमा सार्न सकिने सुविधा रहेको छ ।  

ग्यालेक्सी जे६मा ३००० एमएएच ब्याट्री रहेको छ भने सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । ग्यालेक्सी जे६ ३२जीवीको बजार मूल्य २४ हजार सात साय ९० र ६४जीवीको २९ हजार ९० तोकिएको छ । नीलो, कालो तथा सुनौलो रङ्गमा यो फोन उपलब्ध छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!