गुगललाई साढे ५ खर्बको जरिवाना, यस्तो छ कारण

Posted on: 19 Jul, 2018

साउन ३, ब्रसेल्स (एजेन्सी) | गुगलले प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर अर्थात नेपाली रु. झन्डै साढे ५ खर्बको जरिवाना तिर्नुपर्ने फैसला गरको छ । ईयुले ३ वर्षको अनुसन्धानपछि गुगललाई उक्त आरोपमा दोषी ठहर गर्दै उक्त जारीवाना तोकेको हो ।  

गुगलले आफ्नो सर्च इन्जिनलाई बढावा दिन गैरकानुनी रूपमा एन्ड्रोइड स्मार्टफोनहरुमा आफ्नो सिस्टम प्रयोग गरको आरोप गुगललाई छ । साथै गुगलकै स्वामित्वमा रहेको कम्पनी अल्फाबेटलाई आफ्नो व्यवसाय अभ्यासलाई परिवर्तन गर्न ईयूले ९० दिनको समय दिएको छ । यदी ९० दिनमा व्यावसाय सुधार नगरे दैनिक आयको ५ प्रतिशत जरिवाना गुगलले तिर्नुपर्ने ईयूको भनाइ छ ।

गुगलले उपभोक्तालाई छनोटको विकल्प नदिएको, गुगल सर्च र कम्पनीको अर्को एप्स प्रि–इन्स्टल गर्ने मोबाइल कम्पनीलाई गुगलले पैसा दिने गरेको आरोप छ । 

एन्ड्रोइड मोबाइल अपरटिङ सिस्टम र एप्समा गुगलको एकाधिकार छ । उसले सामसुङजस्ता ठूला मोबाइल कम्पनीसँग सम्झौता गर्ने गरेको छ । उसले पैसा दिएर कतिपय मोबाइलमा गुगल सर्च इन्जिन र गुगल क्रोम पहिल्यै इन्स्टल गरिदिएको हुन्छ । जुन कारण अन्य कम्पनीले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर पाउंदैनन् । 

गुगलको यही कारणले अन्य मोबाइल कम्पनीलाई अर्को अपरटिङ सिस्टमबाट चल्ने फोन बनाउनबाट समेत गुगलले रोक्ने गरको आरोप लगाइएको छ । गत अप्रिलमा माइक्रोसफ्ट, नोकिया, ओराकल लगायतका कम्पनीको सहभागितामा गठन भएको समूह ‘फेयरसर्च’ ले ईयूमा यस वषयमा उजुरी दिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!