सामसङको ग्यालेक्सी जेफोर बजारमा, यस्ता छन् विशेषता, मुल्य कति पर्छ ?

Posted on: 20 Jul, 2018

साउन ४ । सामसङको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ । 

युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ यो स्मार्टफोन उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् । साथै यस सुविधाले सोसल मिडिया मेसेन्जरमा प्राप्त भएको डुप्लिकेट तस्बिरहरुको पहिचान गरी हटाउन सकिने सुविधा प्रदान गरेको छ । 


यसमा मिलाउन सकिने एलईडी फ्ल्यास रहेको छ जसले गर्दा उज्यालोको अवस्थालाई हेरी फ्ल्यास लाइट निर्धारण गर्न सकिन्छ । ग्यालेक्सी जेफोरमा १३ मेगापिक्सेल रियर क्यामेराका साथ एफ १ दशमलव ९ अपार्चर रहेको छ । कम उज्यालोको अवस्थामा पनि यसबाट सफा फोटो खिच्न सकिन्छ । 

ग्राहकहरुको चाहना र आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएका आइएमविजका प्रमुख प्रणय रत्न स्थापितले भन्नुभयो। यो फोन अहिलेको पुस्तालाई मध्यनजर गर्दै नेपाली बजारमा ल्याएका छौँ ’ ।

 ग्यालेक्सी जेफोरमा ५.५ इन्चको  एचडी सुपर एएमओएलईडी डिस्प्ले रहेको छ । यसमा एन्ड्रोइड ओरेओ  ८.० अपरेटिङ्ग सिस्टम रहेको छ । यसको नेपाली मूल्य क्रमशः १७ हजार २ सय ९० र २० हजार ६ सय ९० रहेको छ । साथै यसमा ३००० एम ए एचव्याट्रि रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!