मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सनुभयो ? अपनाउनुस् यो ५ स्टेप

Posted on: 26 Jul, 2018

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ।

स्टेप १: मोबाइल स्वीच अफ गर्नुहोस्। rest android mobile 24088313

स्टेप २: अब फोनको ‘पावर‘ बटर, ‘भोल्युम अप‘ बटन र ‘होम‘ बटन एकै साथ प्रेस गर्नुहोस्।

वा, कुनै सेटमा , ‘भ्योल्यु अप’ को सट्टा ‘भ्योल्युम डाउन’ बटन प्रेस गर्नुपर्ने हुन्छ।

स्टेप ३: स्टेप २ पश्चात मोबाइलमा ५ अप्सन देखिनेछन्।rest android mobile 33077913

1) Reboot data

2) Wipe Data/ Factory reset

3) Install update

4) Power down

5) Advanced options

Wipe Data/Factory reset अप्सन सेलेक्ट गर्नुहोस्।

स्टेप ४: अनि OK सेलेक्ट गर्नुहोस्।

तर सावधान रहनुहोस्, यसो गर्नाले फोनको सेटिङ डिफल्ट सेट हुनेछ। साथै स्मार्टफोनको डाटा डिलिट हुनेछ।

स्टेप ५: स्टेप ४ को लागि केही समय पर्खेनुहोस्। त्यसपश्चात मोबाइल अन गर्नुहोस् अब पासवर्ड वा स्क्रिन लक खुलिसकेको हुनेछ । चाहेमा सेटिङ्ग्समा गई नयाँ पासवर्ड लक सेट गर्न सकिनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!