एनसेलले ल्यायो ३ महिने 'फुच्चे प्याक' सेवा, के के छन् विशेषता ? यसरी सुचारु गर्नुहोस्

Posted on: 04 Aug, 2018

साउन १९, काठमाडौं | एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लागी ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र रु ५ (कर सहित रु ६.३८) मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नेछन् । 

फुच्चे डेटा प्याक यहि आइतबारदेखि लागु हुनेछ । यस डेटा प्याक अन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सक्नेछन् । 

ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंगे्रजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ । 

सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहकका लागि मात्र रु ५ मा डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । साथै यस डेटा प्याकले ग्राहकलाई थप मुल्य प्रदान गर्दै आफ्नो साथीभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास लिईएको छ । 

एनसेलले ग्राहकको माग अनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले *१७१२३# डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!