'वल्र्डलिंक अफर जम्बो, खर्च कम भो !'

Posted on: 13 Aug, 2018

साउन २८, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ-नयाँ अफरहरु प्रदान गर्ने निरन्तरता कायम राख्दै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । 

यो अफर अन्तर्गत ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथ साथै निशुल्क सेटअप बक्स पनि प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ८४००/-, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. ९,६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी रु. १२,१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ ।

यो अफर भाद्र मसान्तसम्मको लागि मात्र लागू गरिएको कम्पनिले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!