युट्युबले ल्यायो नयाँ फिचर, भिडियो हेर्नेका लागि यस्तो फाइदा

Posted on: 08 Oct, 2018

असोज २२, काठमाण्डौ | भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थपिंदै गइरहेका छन् ।

फिचरहरु थप्ने क्रममा पछिल्लेपटक युट्युबले 'मिनी प्लेयर' नामक नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ ।

युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको छ । उक्त बटनमा माउसको कर्सर पूराउँदा मिनी प्लेयर लेखिएको देखा पर्दछ ।

कुनै युट्युब भिडियो खोलेर यो बटनमा क्लिक गर्दा भिडियो मिनिमाइज भएर तल्लो साइडमा पुगेर प्ले हुन थाल्दछ । अर्थात् भिडियो निरन्तर चलिरहन्छ र प्रयोगकर्ताले युट्युबको मेन मेनुमा अरु भिडियो खोज्न वा ब्राउजरमा अन्य साइट पनि खोल्न सक्दछन् ।

मोबाइलको युट्युब एपमा भिडियो हेर्नेका लागि यो फिचर निकै उपयोगी हुनेछ । तर तत्कालका लागि यो फिचर डेस्कटप भर्सनमा मात्र उपलब्ध छ । अब डेस्कटपमा युट्युब भिडियो हेरिरहँदा अन्य चिज हेर्नुपरे नयाँ ट्याब खोल्नुपर्ने छैन ।साइडमा भिडियो हेर्दै ब्राउजिङ गर्न सकिनेछ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!