ह्वाट्सएप पनि ह्याकिङको खतरामा, यस्तो छ कारण

Posted on: 11 Oct, 2018

असोज २५, काठमाण्डौ | फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्ट भएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ ।

टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ ।

टेक्नोलोजी साइट जेड डी नेटको अनुसार ह्वाट्सएपमा एक बग देखा परेको र उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ ।

प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा बगले आक्रमण गर्ने गर्दछ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गर्दा ह्याकिंगको खतरा हुने देखिएको समाचारमा उल्लेख छ ।

रिपोर्ट अनुसार आइओएस र एन्ड्रोइड प्लेटफर्ममा प्रयोग गरिने ह्वाट्सएपमा पहिलोपटक गत अगष्टमा यो बग देखा परेको थियो । फेसबुकले यहीँ महिना यो बगलाई नियन्त्रणमा लिएको बताइएको छ । तर यसबारेमा फेसबुकले कुनै टिप्पणी भने गरेको छैन । त्यसैले बग नियन्त्रणमा लिनुअघि कति ह्वाट्सएप प्रयोगकर्ता ह्याकरको सिकार बने भन्ने थाहा हुन सकेको छैन ।

शोधकर्ता ट्राभिस आर्मेन्डीका अनुसार मात्र एक कलबाट ह्वाट्सएप ह्याक हुने कुरा निकै गम्भीर हो । अझ यस्तो संवेदनशील विषयमा ह्वाट्सएपले प्रयोगकर्तालाई कुनै जानकारी नै नगराउनु झनै गम्भीर रहेको शोधकर्ताहरुको टिप्पणी छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!