सामसुङको ग्यालेक्सी ए नाइन एस सार्वजनिक, यस्ता छन् नयाँ फिचर्स

Posted on: 25 Oct, 2018

सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गरेको छ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गरेको हो ।

ग्यालेक्सी ए नाइन एस सामसुङको यस्तो पहिलो स्मार्टफोन हुनेछ, जसमा चारवटा रियर क्यामरा हुनेछन् ।

सामसुङले आफ्नो ग्यालेक्सी ए नाइन स्मार्टफोन केही अघि भारतमा लञ्च गरेको थियो ।

यस ग्यालेक्सी ए नाइन एसमा ६.३ इन्चको सुपर एमोलेड स्क्रिन हुनेछ । यसमा १०८० गुणा २२२० पिक्सेल रिजोलुसन रहनेछ ।

स्मार्टफोनमा २.२ गिगाहर्ज अक्टाकोर क्वालकोम स्न्यापड्रागन ६६० प्रोसेसर रहनेछ भने एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टमबाट चल्नेछ ।

कम्पनीले ए नाइन एसका ८ तथा ६ जिबी र्याम भएका दुईवटा मोडेल ल्याउँदैछ । दुबैमा इन्टर्नल स्टोरेज १२८ जिबी छ भने त्यसलाई माइक्रो एसडी कार्डबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।

क्यामराको कुरा गर्दा यसमा निकै नै उत्कृष्ट सेल्फी क्यामरा छ । फ्रन्ट क्यामरा २४ मेगापिक्सेलको छ ।

ब्याक अर्थात् रियर क्यामरा झनै विशेष छ । किनकी मुख्य क्यामरा नै चारवटा रहेका छन् । त्यसमा एउटा २४ मेगापिक्सेल प्राइमरी सेन्सर, दोश्रो १० मेगापिक्सेलको २ गुणा अप्टिकल जूमवाला टेलिफोटो क्यामरा, तेश्रो ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स र चौथो ५ मेगापिक्सेल डेप्थ लेन्सयुक्त क्यामरा रहेका छन् ।

यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट रिडर रहेको छ । यसलाई सुरक्षाको दृष्टिले निकै नै प्रभावकारी मानिएको छ । यसमा ३८०० मिली एम्पियर आवर क्षमताको ब्याट्री छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!