तपाइँको मोबाइल सक्कली कि नक्कली ? यसरी थाहा पाउनुहोस्

Posted on: 16 Nov, 2018

मोबाइल किन्ने बेलामा त मोबाइल तपाईलाई कुनैपनि पसलेले नक्कली हो भनेर भन्दैनन् उसले सबैजसो मोबाइललाई सक्कली नै भनिरहेको हुन्छ । यदी हामी त्यस कुरामा अनविज्ञ भएमा हामी सहजै ठगिन सक्छौ ।

त्यसकारण मोबाइल सक्कली र नक्कलीमध्ये कुन हो भन्ने थाहा पाउन सकिन्छ केही उपायहरु तल रहेका छन् ।

१. तौल

स्मार्टफोन बनाउने कम्पनीले उसको अफिसियल वेबसाइटमा त्यस मोडलसँग जोडिएको सबै जानकारी सेयर गरेको हुन्छ । त्यस जानकारीमा उक्त स्मार्टफोनको तौल पनि उल्लेख हुन्छ । कुनैपनि स्मार्टफोन फेक छ भन्ने कुरा त्यसको तौलबाट पनि सजिलै थाहा लाग्छ ।

२. स्पिड र फिचर्स

नक्कली स्मार्टफोनको स्पिड असली स्मार्टफोनको तुलनामा कम हुन्छ । यसलाई सजिलै पत्ता लगाउन सकिन्छ । फेक स्मार्टफोनमा सफ्टवेयरको सहयोगले त्यसको हार्डवेयर डिटेल बदल्न सकिन्छ ।

त्यस्तै यस स्मार्टफोनको पहिचान फिचर्सको आधारमा पनि गर्न सकिन्छ । सक्कली स्मार्टफोनमा जुन फिचर्स हुन्छ, नक्कलीमा हुँदैन ।

३. मूल्य

फेक स्मार्टफोनको लागत सक्कलीको तुलनामा निकै सस्तो हुन्छ । सस्तो पाए भन्दैमा मख्ख नपर्नुहोस्, तपाई फन्दामा पर्नुहुनेछ । बजारमा सक्कली जस्तै देखिने स्मार्टफोन एकदमै सस्तो मूल्यमा पाइन्छ । जब त्यो अस्वभाविक सस्तो भन्ने लाग्छ, शंका गरिहाल्नुहोस् ।

४. ग्यारेन्टी वा वारेन्टी

जब नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ, त्यसको ग्यारेन्टी वा वारेन्टीको बारेमा जानकारी लिनुपर्छ । साथै फोनमा आउने वारेन्टी पेपरलाई पनि राम्ररी जाँच गर्नुहोस् । त्यसमा रिटेल शोरुम वा सपको सील लगाएको हुन्छ । स्मार्टफोनले अक्सर एक बर्ष वा त्यो भन्दा बढीको वारेन्टी दिएको हुन्छ ।

५. रंग र डिजाइन

जब तपाई मोबाइल खरिद गर्न जाँदै हुनुहुन्छ भने त्यसको बारेमा जानकारी लिनुपर्छ । यसका लागि तपाईले सम्बन्धित मोवाइल कम्पनीको आधिकारिक वेवसाइट क्लिक गर्नुपर्नेछ ।

कम्पनीले फोनको बारेमा जानकारी दिएको हुन्छ । त्यसमा तपाईले मन पराएको मोवाइलको डिजाइन र रंग पनि बताएको हुन्छ । वेवसाइटमा हेरे जस्तै दुरुस्तै मिल्ने भए मात्र त्यो डिजाइनको मोवाइल किन्नुहोस् ।

६. स्मार्टफोनको लुक

यदि नक्कली स्मार्टफोनको लुक सक्कली जस्तै छ भने धोका खान सक्नुहुन्छ । किनभने धेरैले मोवाइलको लुक्स हेर्छन् । त्यसपछि मात्र फिचर्स ।

यस्तो अवस्थामा सबैभन्दा पहिला स्मार्टफोनको बडीको फिनिसिङका साथसाथै कम्पनीको लोगो र डिजाइन पनि हेर्नुहोस् ।

लोगो ठिक छ छैन ? डिजाइनमा कुनै गडबड पो छ कि ? त्यती मात्र होइन, फोनको बक्स निकालेर त्यसको प्याकिङ र वारेन्टी पेपर पनि ध्यानपूर्वक हेर्नुहोस् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!